29th national wildlife week – 2024
२९ औ राष्ट्रिय वन्यजन्तु सप्ताह – २०८१
29th national wildlife week – 2024
२०८१ बैशाख १ गतेदेखि ७ गते सम्म
संयोजक: डा. राजेन्द्र वसौला
अध्यक्ष नेपाल जोलोजिकल सोसाईटी, गण्डकी प्रदेश
नेपाल जोलोजिकल सोसाइटी, गण्डकी प्रदेशको सहभागितामा पृथ्वीनारायण क्याम्पसको प्राणीशास्त्र विभाग र प्राणीशास्त्र समाज पोखरा नेपाल सँगको सहकार्यमा आयोजित २९ औ राष्ट्रिय वन्यजन्तु सप्ताह २०८१ (बैशाख १ गतेदेखि ७ गते सम्म) “वन्यजन्तुको संरक्षण: पर्यापर्यटन र आय आर्जन” भन्ने मुल नाराका साथ तीन दिवसिय बिभिन्न कार्यक्रम गर्दै भब्यरुपमा मनाउने काम बैशाख ७ गते सम्पन्न भयो । कार्यक्रमको पहिलो दिन २०८१ बैशाख २ गते आयोजना गरिएको प्रभातफेरी कार्यक्रम, वि एससी जिबशास्त्र अध्ययनरत बिद्यार्थीहरुद्वारा तयार पारिएका विभिन्न प्रतिस्पर्धात्मक वन्यजन्तु र वातावरण सँग सम्बिन्धित नाराहरु लेखिएका १०० भन्दा बढी प्लेकार्ड र कार्टुनहरु समुदायमा प्रदर्शन गर्दै भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो । प्राणीशास्त्र बिभागका प्रमुख तथा प्राणिशास्त्र समाज पोखरा नेपालका अध्यक्ष गणेश तिमिल्सिना को अध्यक्षतामा भएको उक्त कार्यक्रम पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. सरोज कोइरालाले प्रमुख अतिथिको छोटो मन्तव्य सहित शुभारम्भ गर्नुभएको थियो । प्रभातफेरी कार्यक्रम पृथ्वीनारायण क्याम्पस गेटबाट शुरु भै टयाक्सी चोक, बिन्धबासिनी मन्दिर, बागलुङ हाइवए हुँदै प्रस्याङ बाट सिधार्थ चोक , महेन्द्रपुल, पालिखेचोक, नदिपुर हुँदै क्याम्पस भित्र बिज्ञान प्रयोगशाला अगाडि पुगेर समापन भाएको थियो। समापन कार्यक्रममा बिज्ञान तथा प्रबिधि अध्ययन संस्थान पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख मिनराज लम्साल, प्राणीशास्त्र बिभागका पुर्ब बिभागिय प्रमुख तथा प्राणीशास्त्र समाज पोखरा नेपालका निबर्तमान अध्यक्ष सह प्राध्यापक राम गोपाल ढेबाजु, QAA संयोजक अमृत भन्डारी र प्राणीशास्त्र समाज पोखरा नेपालका उपाध्यक्ष राम्जी गौतमले कार्यक्रमको औचित्यबारे मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सन्चालन नेपाल जोलोजिकल सोसाइटी, गण्डकी प्रदेशका अध्यक्ष तथा प्राणीशास्त्र समाज पोखरा नेपालका सचिब डा. राजेन्द्र बसौलाले गर्नुभएको थियो ।



२०८१ बैशाख २ गतेको प्रभातफेरीका केही झलकहरु
राष्ट्रिय वन्यजन्तु सप्ताह दोस्रो कार्यक्रम २०८१ बैशाख ५ पोखरा नजिकै काँहुको डाँडाको उत्तरी र दक्षिणी मोहडाको फेदी वाट टुप्पै सम्मका विभिन्न आठवटा ट्रयाकहरुमा पृथ्विनारायण क्याम्पस वि एससीमा अध्ययन गर्ने पहिलो, दाश्रो, तेश्रो र चौथो बर्षका विधार्थीहरु र प्राध्यापकहरु मिलेर किराहरु, मोलस्काहरु, उभएचरहरु, शरिश्रृपहरु, चराहरु र स्तनधारी जनाबरहरुको तथ्यांक संकलन गर्ने र अध्ययन अवलोकन गर्ने कार्य उत्साहपुर्ण रुपमा सम्पन्न भयो । सोही दिन काउँका सामुदायिक वनका स्थानिय उपभोक्ताहरु र अध्ययन अवलोकन टिम विच वनमा आगलागि, वन्यजन्तुहरु र मानव विचको द्वन्द्व, पर्यापर्यटन र आयआर्जनको सम्भावना वारेमा अन्तरक्रिया कार्यक्रम अत्यन्तै सक्रिय रुपमा सम्पन्न भयो ।




२०८१ बैशाख ५ गते काहुँ धरहरामा आयोजना गरिएको स्थानीय सरोकारवाला समुदायसँगको अन्तर्क्रिया कार्यक्रम तथा हालैको डढेलोबाट अति प्रभावित स्थानीय सामुदायिक वनको स्थलगत अध्ययनका केही झलकहरू
राष्ट्रिय वन्यजन्तु सप्ताहको तेश्रो कार्यक्रम २०८१ बैशाख ७ गते प्राणीशास्त्र बिभागका प्रमुख तथा प्राणिशास्त्र समाज पोखरा नेपालका अध्यक्ष गणेश तिमिल्सिना को अध्यक्षतामा र विज्ञान तथा प्रविधि अध्ययन संस्थान पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख मिनराज लम्सालको प्रमुख आतिथ्यतामा वन्यजन्तुहरु र मानव विचको द्दवन्ध र जलवायु परिवर्तनका असरहरु बारे कार्यपत्र प्रस्तुती, अन्तरक्रिया, सहभागि विधार्थीहरुलाई प्रमापत्र वितरण तथा पुरस्कार वितरण गरि कार्यक्रम समापन भएको थियो । उक्त कार्यक्रममा नेपाल सरकार उधोग, वन पर्यटन तथा वाताबरण मन्त्रालय, गण्डकी प्रदेशका उप सचिव डा. केदार वरालले “Human Wildlife Conflict, Threats to the Wildlife and Impact of Climate Change on Wildlife” शिर्षकमा र वि वि सी सेबामा अन्तराष्ट्रिय वातावरण सँग मिलेर करीब १८ वर्ष देखि काम गर्दै आउनुभएका नविन सिह खडकाले “The Vicious Cycle of Climate and Biodiversity Crises” शिर्षकमा आ-आफ्नो कार्यपत्र प्रश्तुत गर्नु भयो । कार्यक्रममा उपप्राध्यापक सुभाष चन्द्र वास्तोलाले चरा अवलोकनकर्ताले अपनाउनु पर्ने अनुशाषन बारे ध्यान आकर्षण गराउनु भयो । त्यसैगरी नेपाल जोलोजिकल सोसाइटी, गण्डकी प्रदेशका महासचिव उपप्राध्यापक प्रेमराज गौतमको संयोजकत्वमा गठन भएको तीन सदस्यि निर्णायक मण्डलले निकालेको निष्कर्शको आधारमा उत्कृष्ट प्लेकार्ड र कार्टुन क्रियसन गर्ने प्रथम, दितिय र तृतिय सहित पाच जना सान्त्वना विधार्थीहरुलाई पुरस्कार वितरण गरियो । नेपाल जोलोजिकल सोसाइटी, गण्डकी प्रदेशका अध्यक्ष तथा प्राणीशास्त्र समाज पोखरा नेपालका सचिब डा. राजेन्द्र बसौलाले स्वागत मन्तव्य राख्नु भएको यो कार्यक्रम वि एससि चौथो वर्षमा अध्ययन गर्ने दुई छात्राहरु रक्षा मरासिनी र दिपा नेपालीले संचालन गरेका थिए । यो कार्यकमको सुरु देखि अन्त्य सम्म निरन्तर खटिनुहुने महासचिव प्रेमराज गौतम, कोषाध्यक्ष दिपा पुन, सदस्यहरु क्रमश ओम प्रकाश सिंह र निर्मला जि सी प्रति हार्दिक आभार सहित मुरीमुरी धन्यवाद दिन चाहन्छु ।




२०८१ बैशाख ७ गतेको समापनका केही झलकहरु